कोइराला निवासका लागि छुट्याइएको दुई करोड बजेट फिर्ता गर्न शेखरको आग्रह
nagariknews.nagariknetwork.com · Fri Aug 07 05:41:01 GMT 2026
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट फिर्ता गर्न आग्रह गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र पठाउँदै कोइरालाले मुलुक आर्थिक अभावसहित विभिन्न समस्या झेलिरहेको अवस्थामा राज्यको सीमित स्रोत र साधन नागरिकको हितमा प्रयोग हुनुपर्ने बताएका छन्। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोकमा रहेको कोइराला निवासको मर्मत तथा संरक्षणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)