पुँजीबजारमा संस्थागत लगानीकर्ताको हिस्सा बढाउँदै सेबोन, बजार परिपक्व र सन्तुलित हुने
clickmandu.com · Fri Aug 07 05:52:02 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजारको स्थायित्व र परिपक्वताका लागि भन्दै संस्थागत लगानीकर्ताको हिस्सालाई बढाउने भएको छ । बजारमा साना तथा सर्वसाधारण लगानीकर्ताको हिस्सा बढी हुँदा नकारात्मक प्रभाव देखिएको भन्दै बोर्डले संस्थागत लगानीकर्ताको हिस्सालाई बढाएर लैजाने तयारी गरेको हो ।
नेपालको पुँजी बजारमा व्यक्तिगत लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका सीमित रहेको छ । यस अवस्थाले बजारमा मूल्य अस्थिरता, अल्पकालीन कारोबार प्रवृत्ति तथा अत्यधिक उतारचढाव निम्त्याउने जोखिम बढाएकाले दीर्घकालीन तथा उत्पादनशील लगानी प्रवर्धन गर्न संस्थागत लगानीकर्ताको भूमिका बढाउनुपर्ने निचोडमा बोर्ड पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)