सिन्धुपाल्चोकमा पहिरो: तातोपानीस्थित सशस्त्र प्रहरीको बीओपीमा क्षति
reportersnepal.com · Fri Aug 07 05:59:04 GMT 2026

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा गएराति खसेको सुक्खा पहिरोले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा क्षति पुर्याएको छ। ठूलो पहिरो खसे पनि सौभाग्यवश कुनै मानवीय क्षति भने हुन पाएको छैन।
सशस्त्र प्रहरीका अनुसार राति करिब १:१५ बजे बीओपीको उत्तर-पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट अचानक सुक्खा पहिरो खसेको थियो। पहिरोसँगै खसेका विशाल चट्टान र ढुंगाका कारण बीओपी परिसरका संरचनामा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)