हुथी आक्रमणमा साउदी अरबमा ११ जना घाइते
ratopati.com · Fri Aug 07 06:01:58 GMT 2026

रियाद । यमनको सशस्त्र समूह हुथीहरूको आक्रमणमा परेर बिहीबार दक्षिणी साउदी अरबमा ११ जना नागरिक घाइते भएका छन् । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मलिकीले शुक्रबार बिहान यो जानकारी दिएका हुन् ।
दक्षिणी नाजरान प्रान्तमा भएको आक्रमणमा सात साउदी, एक यमनी, दुई इजिप्शियन र एक पाकिस्तानी नागरिक घाइते भएका छन् । घाइतेमा ४ वर्षको एक बालक पनि छन् । मलिकीले इरान–समर्थित हुथीहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गर्दै नागरिक क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाएका छन् । तर गठबन्धनले नागरिकहरूको सुरक्षाका लागि सबै आवश्यक उपाय जारी राख्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)