पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि, अधिकार प्रत्यायोजन गर्न माग
ratopati.com · Fri Aug 07 06:28:35 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी मुख्य सचेतक वासना थापाले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । शुक्रवार बसेको समितिको बैठकमा बोल्दै थापाले समितिको बैठक पर्याप्त संख्यामा बस्न नसकेको र विद्युत् क्षेत्रमा नीतिगत सुधारको आवश्यकता रहेको औँल्याइन् ।
बैठकमा थापाले विद्युत् विस्तार र प्रसारण लाइन निर्माणमा भइरहेको ढिलासुस्ती र प्रशासनिक झन्झटबारे पनि चर्चा गरिन् । ३३ केभी र २१ केभी प्रसारण लाइनको स्वीकृतिका लागि समेत केन्द्रमै आएर नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक (एमडी) वा उपप्रवन्ध निर्देशक (डीएमडी) सँग छलफल गर्नुपर्ने विद्यमान व्यवस्थाले काममा अवरोध पुर्याएको उनको तर्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)