आदिवासी जनजाति र सीमान्तकृतका लागि बागमती प्रदेश सरकार अभिभावक बन्नेछ: मुख्यमन्त्री बानियाँ
ratopati.com · Fri Aug 07 06:34:50 GMT 2026

काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत र विपन्न समुदायको उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताए । मुख्यमन्त्री बानियाँले नेपालको लोकतान्त्रिक आन्दोलन र संघीय गणतन्त्र प्राप्तिको संघर्षमा आदिवासी जनजाति समुदायको ठुलो बलिदान रहेको चर्चा गरे । उनले नेपाली कांग्रेसको इतिहासमा लौह पुरुष गणेशमान सिंह, भीमबहादुर तामाङ र बखानसिंह गुरुङ जस्ता योद्धाको योगदान स्मरणीय रहेको बताउँदै कांग्रेस सधैँ जनजातिको अस्तित्व र पहिचानको पक्षमा लड्ने पार्टी भएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)