हिमपहिरोमा ज्यान गुमाएका पुरबहादुर गुरुङको अन्त्येष्टि (तस्विरहरु)
annapurnapost.com · Fri Aug 07 06:30:09 GMT 2026
काठमाडौं : पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रासहित अन्त्येष्टि गरिएको छ । गुरुङको काठमाडौंस्थित स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । ब्रोड पिकमा गएको हिमपहिरोमा परी युक्त गुरुङ, निर्मल पुर्जालगायत ६ नेपाली पर्वतारोहीसहित १० जनाको ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको शव विहीबार नेपाल ल्याइएको हो ।
नेपाल पर्वतारोहण संघले गुरुङको शव बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको जनाएको छ । गुरुङको शव ल्याउँदै गर्दा विभिन्न पर्वतारोहण तथा पर्यटनसम्बन्धी संघसंस्था, एनएमएका सदस्य, शुभेच्छुक उस्थिति थिए । गुरुङ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका उपाध्यक्ष तथा मनाङ विद्यालय विकास समितिका सदस्य थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)