एनएमबि सरल बचत फण्ड–इ ले इकाईधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने
arthasansar.com · Fri Aug 07 06:32:07 GMT 2026

एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमिब क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८२/८३ को लागि आकर्षक प्रतिफल वितरण गर्ने भएको छ ।
२०८३ आषाढ मसान्तमा कायम इकाई पुँजी ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८.४० रुपैयाँको ५.२५ प्रतिशत (कर सहित) को दरले हुन आउने रकम २५ करोड ६८ लाख १७ हजार १८८.८७ बराबर नगद प्रतिफल वितरण गर्ने निर्णय भएको छ । उक्त प्रतिफलको लागि मिति २०८३ श्रावण २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)