थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : मृत्यु हुनेको सङ्ख्या ७ पुग्याे
ratopati.com · Fri Aug 07 06:41:30 GMT 2026

बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा शुक्रबार विद्यार्थीले गोली चलाउँदा आक्रमणकारी सहित कम्तीमा ७ जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।
राष्ट्रिय प्रहरीका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल त्रिरोङ फोफानका अनुसार बैंककको उत्तर पश्चिमी बाहिरी क्षेत्रमा पर्ने नोनथाबुरी प्रान्तको बाङ क्रुआई जिल्लास्थित देब्सिरिन नोनथाबुरी विद्यालयमा गोली चलेको हो । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि घटनामा मारिएका सात जनामध्ये एक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)