समृद्ध नेपालमा युवाका सपना
ratopati.com · Fri Aug 07 07:18:25 GMT 2026

नेपालका युवाहरू स्वदेशमै बसेर ऊर्जाशील भई काम गर्न चाहन्छन्; किनभने वास्तवमा नेपालको हावापानी अलौकिक छ । सयौँ हातहरू एकताबद्ध भएर एउटा सुन्दर सहरका रूपमा नेपालको निर्माण गर्न चाहन्छन्, जसले जीवनका वास्तविक मूल्यहरूलाई अँगाल्ने र सपना देख्ने साहस गर्ने हरेक नागरिकका लागि देशको ढोका खोल्न सकोस् ।
यही त्यो पवित्र भूमि हो, जहाँ संगीतले संस्कृतिसँग मेल खान्छ । परम्पराले वर्तमानसँग हातेमालो गर्छ र विचारहरू कर्ममा रूपान्तरण हुन्छन् । नेपाल त्यही ठाउँ हो, जहाँ आशाले पुनर्जन्म लिन्छ र भविष्यले हामीतिर हेरेर मुस्कुराउँछ । यहाँका युवाहरू उदासीन बस्न चाहँदैनन्, तर विडम्बना ! यहाँका राजनीतिक दलहरू आफ्ना कार्यकर्तालाई मात्र ‘युवा’ देख्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)