नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त
barnanmedia.com · Fri Aug 07 07:22:51 GMT 2026

काठमाडौं । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त भएका छन्। नियुक्तिपछि डा. थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
डा. थापाले रजिस्ट्रारको जिम्मेवारी सम्हालेसँगै नेपालमा फार्मेसी शिक्षा, व्यवसाय तथा औषधि क्षेत्रको नियमनसँग सम्बन्धित कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। परिषद्ले फार्मेसी पेशाको गुणस्तर कायम गर्न, फार्मेसी जनशक्तिको दर्ता तथा नियमन गर्न र पेशागत मापदण्ड कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)