नाडा अटो शो भदौ ९ देखि : डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट
nepalsamaya.com · Fri Aug 07 07:35:07 GMT 2026

काठमाडौं- नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा 'एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६' आयोजना गर्ने भएको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने अटो शोका लागि डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको 'अर्ली बर्ड' छुट घोषणा गरिएको छ।
अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित प्रदर्शनीका रूपमा लिइएको नाडा अटो शोको मुख्य प्रायोजक यस वर्ष 'एचपी लुब्रिकेन्ट्स' रहेको छ। नाडाले आफ्नो पाँच दशक लामो यात्राको अवसरमा अवलोकनकर्ताका लागि खल्ती एपसँगको सहकार्यमा विशेष प्रवर्द्धनात्मक अफर ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)