८ वर्षपछि सर्वोच्चको अन्तिम फैसला, ‘चक्रे मिलन’ ले पाए सफाइ
kalakarmi.com · Fri Aug 07 07:38:24 GMT 2026

काठमाडौं- चर्चित गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन् । सर्वोच्च अदालतले विशेष अदालतले यसअघि दिएको सफाइको फैसला सदर गर्दै सरकारको पुनरावेदन खारेज गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले बिहीबार विशेष अदालतको फैसला यथावत् राख्ने निर्णय गरेको हो । विशेष अदालतले चक्रे मिलनलाई सफाइ दिएको निर्णयविरुद्ध नेपाल सरकारले २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको थियो । उक्त पुनरावेदनमाथि करिब आठ वर्षपछि अन्तिम फैसला आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)