चिस्यान केन्द्र निर्माणमा भ्रष्टाचार, आठबीसकोटका नगरप्रमुखसहित ११ जनाविरुद्ध मुद्दा दायर
barnanmedia.com · Fri Aug 07 07:47:34 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी केसी, पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकुरी र ज्ञानु कुमार शर्मासहित ११ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार रूकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नं. ९ बस्ने जनक बटालाले आठबीसकोट दुग्ध सहकारी नामक डेरी सञ्चालन गर्ने भनी नगरपालिकाबाट लाखौँ रकम लिई दुई वर्ष बितिसक्दा पनि सञ्चालन नगरी अनियमितता गरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)