ढल्केबर ट्रमा सेन्टरको विषयमा कांग्रेस सांसद यादवको मौन विरोध, सभामुखद्वारा सरकारलाई रुलिङ
himalpress.com · Fri Aug 07 08:00:40 GMT 2026

काठमाडौँ- धनुषाको ढल्केबरमा निर्माण गर्ने निर्णय भएको ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले शुक्रबार प्रतिनिधिसभामा मौन विरोध जनाएका छन्। उनले सरकारको निर्णयको विरोधस्वरूप दिनभर सदनमा उभिएर मौन बस्ने घोषणा गरेका हुन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरमा निर्माण हुने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको आरोप लगाए। उनले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको र प्रक्रिया अघि बढिसकेको आयोजना स्थानान्तरण गर्न खोजिनु स्वीकार्य नभएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)