प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री
aarthiknews.com

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन, विद्युतका पोल व्यवस्थापनमा देखिएको ढिलाइका कारण सडक निर्माण प्रभावित भएको विषयमा छलफल भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँमन्त्री विराजभक्त श्रेष्ठले विद्युत आपूर्ति व्यवस्थापनमा अघिल्ला वर्षको तुलनामा सुधार आएको दाबी गर्दै विद्युतको माग भने उल्लेख्य रूपमा बढेको बताए ।
उनले तथ्यांकले यस वर्ष तुलनात्मक रूपमा कम विद्युत अवरोध (लोड ट्रिपिङ तथा आपूर्ति अवरोध) भएको र समस्या समाधानमा पनि छिटो प्रतिक्रिया दिइएको देखाएको उल्लेख गरे। मन्त्री श्रेष्ठका अनुसार २०४२ सालपछि नेपालको विद्युत माग करिब १५ प्रतिशतले वृद्धि भएको भए पनि सो अवधिदेखि वितरण प्रणाली र पूर्वाधारमा आवश्यक स्तरको विस्तार तथा सुधार हुन सकेको छैन। यही कारण वितरण प्रणालीमा चाप बढ्दै गएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)