बालेनको अभिव्यक्ति सच्याउन र अरनिको राजमार्गको ‘विपद् पर्यटन’ अन्त्य गर्न युवराज दुलालको माग
ratopati.com · Fri Aug 07 08:26:00 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले राष्ट्रियता, विकास निर्माण र पछिल्ला मानवीय विपद्का घटनामा सरकारको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौँका मेयरको अभिव्यक्तिदेखि अरनिको राजमार्गको अवरोधसम्मका विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरे ।
सांसद दुलालले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले यसलाई राष्ट्रघाती संज्ञा दिँदै यस्तो विवादास्पद कुरा राष्ट्रिय रेकर्डमा रहन नहुने बताए । ‘हामी राष्ट्रका लागि रगत बगाउन तयार छौँ, तर यस्ता राष्ट्रघाती अभिव्यक्ति रेकर्डमा राखिराख्न सकिँदैन,’ उनले भने । दुलालले यसबारे प्रधानमन्त्रीले संसद्मा स्पष्टीकरण दिनुपर्ने वा उक्त कुरा रेकर्डबाट हटाउन सभामुखसँग रुलिङको माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)