बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था
ratopati.com · Mon Aug 31 11:47:54 GMT 2026

काठमाडौँ । बाढीका कारण बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकका शव वा शरीरका अङ्गहरूको डीएनए परीक्षणमार्फत पहिचान गर्न सरकारले आवश्यक व्यवस्था मिलाएको छ । प्राप्त शव वा शरीरका अङ्गको डीएनए प्रोफाइलसँग आफन्तको डीएनए तुलना गरी पहिचान सुनिश्चित गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो ।
नेपालमा रहेका परिवारजनले हराइरहेका व्यक्तिका सबैभन्दा नजिकका नातेदार (आमा, बाबु, छोरा वा छोरी) मध्ये कुनै एक जनाको फ्रेस ब्लड स्याम्पल र २ प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)