क्षतिपूर्ति कुरिरहेका देवानगञ्जका पीडित- सरकारले गरेन राहत प्याकेजको घोषणा
nepalpress.com · Fri Aug 07 08:33:31 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज-३, कप्तानगञ्जमा भएको हिंसात्मक झडपपछिको आगजनी, तोडफोड र लुटपाटमा परेका पीडितहरूले हालसम्म क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्। गत साउन १० गते आइतबार दुई समुदायबीचको झडपपछि भड्किएको हिंसाले उग्र रूप लिँदा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। घटनाको दुई साता बितिसक्दा पनि सरकारले राहतको कुनै कदम नचालेको पीडितहरूको भनाइ छ।
हिंसाको क्रममा प्रहरीले क्षतिको विवरण सङ्कलन गरे पनि क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सरकारले हालसम्म मुख खोलेको छैन। देवानगञ्ज घटनाको तीन दिनपछि भोक्राहास्थित फूलचोकमा रहेको ‘ब्रदर्स हार्डवेयर’ मा तोडफोड र आगजनी भयो। १० वर्षदेखि सञ्चालित उक्त पसलका सञ्चालक इरफान अलीले एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)