‘हेलो सीएम’ : गुनासो आउने क्रम बढ्दो, व्यवस्थापनमा जनशक्ति चुनौती
ratopati.com · Fri Aug 07 08:46:21 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकारले नागरिकका समस्या, उजुरी तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न र समाधान गर्न सञ्चालनमा ल्याएको ‘हेलो सीएम’ प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गरी कार्यान्वयनमा ल्याइएको यो प्रणालीमार्फत आम नागरिकका गुनासो दर्ता हुने क्रम पनि बढिरहेको छ।
साउन ७ गते औपचारिक रूपमा शुभारम्भ गरिएको यस सेवामार्फत हालसम्म विभिन्न माध्यमबाट करिब १५ वटा महत्त्वपूर्ण गुनासा दर्ता भएका छन्। टोल–फ्री नम्बर, इमेल र ह्वाट्सएपमार्फत कर्मचारी सरुवा, विकास निर्माण र सेवा प्रवाहसँग सम्बन्धित विभिन्न गुनासा प्राप्त भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)