इरानमा स्ट्रेट अफ होर्मुजमा शत्रु देशका जहाजलाई रोक्ने कानुनको मस्यौदा तयार
ratopati.com · Fri Aug 07 08:52:39 GMT 2026

तेहरान । इरानका सांसदहरूले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई नियमन गर्न नयाँ कानुनको मस्यौदा तयार गरेका छन् । यो मस्यौदा हाल इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगमा छलफलमा छ । इरानको अर्ध सरकारी समाचार संस्था फार्स समाचार एजेन्सीका अनुसार मस्यौदामा अमेरिका, इजरायल तथा इरानले शत्रु मानेका अन्य देशका जहाजहरूमाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ ।
नयाँ संशोधित मस्यौदाअनुसार इजरायलसँग सम्बन्धित सैन्य वा नागरिक मालसामान बोकेका जहाज तथा इरानलाई क्षति पुर्याएको ठानिएका अन्य देश वा संस्थासँग सम्बन्धित जहाजहरूलाई पनि स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्न नदिने व्यवस्था गरिएको छ । इरानले तोकेको क्षतिपूर्ति नतिरेसम्म ती जहाजहरूलाई अनुमति नदिइने प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)