विशेष महाधिवेशन विधानसम्मत रहेको फेरि पुष्टि गर्ने माैका मिल्यो: गगन थापा
kendrabindu.com · Fri Aug 07 08:58:38 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विशेष महाधिवेशन विधानअनुसार सम्पन्न भएको विषय पुनः पुष्टि गर्ने अवसर प्राप्त भएको बताएका छन्। उनले उक्त महाधिवेशन आवश्यकताका आधारमा पार्टी विधानअनुसार आयोजना गरिएको र त्यसले विभिन्न निकायबाट वैधानिक मान्यता पाइसकेको उल्लेख गरे।
काठमाडौंमा शुक्रबार आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशनको वैधानिकताबारे अदालतमा भइरहेको प्रक्रियालाई कांग्रेसले सम्मान गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)