सांसद प्रा.डा. चन्द्रमोहन यादवको प्रश्न- ‘ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो?’
swasthyakhabar.com · Fri Aug 07 09:21:52 GMT 2026

काठमाडौं - नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित ढल्केबरमा निर्माण गर्ने निर्णय गरिएको ट्रमा सेन्टरको योजना किन रोकिएको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले २०७७ सालदेखि विभिन्न सरकारले ढल्केबरमा राष्ट्रियस्तरको समर्पित ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढाएको स्मरण गराउँदै अहिले उक्त योजनाबाट सरकार पछि हटेको देखिएको बताए। उनले यस्तो निर्णय नीतिगत निरन्तरताविपरीत भएको भन्दै यसले राज्यप्रतिको जनविश्वास कमजोर पार्ने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)