जेठमा खरिदारमा नाम निकालेर टिमुरेमा भएका थिए पहिलो पोष्टिङ, रसुवा बाढीले लियो सल्यानका आयुषको ज्यान
barnanmedia.com · Mon Aug 31 11:49:53 GMT 2026

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर जेठमै खरिदार पदमा नाम निकालेका सल्यानको बागचौर नगरपालिका-१० पिपलनेटाका आयुष खड्काको पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बनेको छ।
आयुषको पहिलो पोस्टिङ रसुवाको टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, क्वारेन्टाइन कार्यालयमा भएको थियो। जागिर सुरु गरेको केही समयमै भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र पहिरोमा परी उनी बेपत्ता भए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)