विश्व मञ्चमा सरकारले जलवायु परिवर्तनको एजेन्डा लैजाने
baahrakhari.com · Mon Aug 31 11:50:32 GMT 2026

काठमाडौं । नेपालले हालै भीषण बाढीबाट धनजनको ठूलो क्षति व्यहोरिरहेको स्थितिलाई दर्शाउँदै विश्व मञ्चमा जलवायु परिवर्तनको एजेन्डा लैजाने भएको छ । नेपालको विपद् र जलवायु परिवर्तनको एजेन्डालाई वैज्ञानिक प्रमाणका आधारमा विश्व मञ्चमा स्थापित गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. वाग्लेले यसबारे पनि विश्व मञ्चमा पहल गर्न जरुरी भएको औँल्याएका हुन् । यसैक्रममा उनले अब प्रधानमन्त्रीले न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा यस विषयमा जोडदार रूपमा कुरा उठाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)