माइतीघर : उहिले चलचित्रको ब्यानर, आजभोलि न्यायको ! (तस्बिर)
ratopati.com · Fri Aug 07 09:26:35 GMT 2026

काठमाडौँ । काठमाडौँको माइतीघरको एक छेउमा पर्चा, पम्प्लेट र ब्यानर कहिल्यै टुट्दैन । यो आफ्ना माग राख्ने, कुनै विषयमा सरकारको ध्यानाकर्षण गराउने, सरकारका गतिविधिको विरोध/आलोचना गर्ने ठाउँ बनेको छ ।
जेनजी प्रदर्शन, शिक्षक आन्दोलन, मिटरब्याज पीडित, लघुवित्त पीडित, सहकारी पीडित, बलात्कारपीडित, सुकुम्बासीदेखि हरेक माग राख्नेहरुको मुकाम हो – माइतीघर मण्डला । यहाँ आउने सबैका आवाज सरकारले सुन्छ भन्ने त होइन, तर माइती घरमा राखिएका धेरै स्वर सिंहदरबारसम्म पुग्छ । यहीकारण माइती घरमा आन्दोलन गर्ने शिक्षक, मिटरब्याजपीडित, सहकारी पीडित, चिकित्सकलगायत पीडितसँग सरकार वार्ता र सहमतिका लागि आइपुग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)