गंगालालको निर्देशक नियुक्त प्रा.डा. आयुष गोविन्द अमात्य को हुन्?
swasthyakhabar.com · Fri Aug 07 09:35:18 GMT 2026

काठमाडौं - मुटुको शल्यक्रियामा बिरामीको जीवन र मृत्युबीचको सबैभन्दा संवेदनशील क्षणमा शल्यक्रिया टोलीसँगै उभिने चिकित्सक हुन् एनेस्थेसियोलोजिस्ट। उनीहरूको भूमिका धेरैजसो पर्दा पछाडि हुन्छ, तर बिरामी सुरक्षित राख्ने जिम्मेवारीको केन्द्रमा उनीहरू नै हुन्छन्। यिनै पर्दा पछाडिका अनुभवी चिकित्सकमध्ये एक हुन् प्रा. डा. आशिष गोविन्द अमात्य, जसले अब नेपालकै विशिष्ट मुटुरोग उपचार संस्था शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै प्रा.डा. अमात्य गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक बनेका छन्। लामो समयदेखि यही संस्थामा सेवा गर्दै आएका उनी एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए। अब उनको काँधमा अपरेशन थिएटरको जिम्मेवारी मात्र होइन, देशको सबैभन्दा ठूलो मुटु उपचार संस्थाको समग्र नेतृत्वको दायित्व पनि आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)