ग्लोबल आइएमई बैंककाे ‘ग्लोबल नेक्स्ट जेन एकाउन्ट’ सञ्चालनमा
kendrabindu.com · Fri Aug 07 09:50:30 GMT 2026

काठमाडाैं । ग्लोबल आइएमई बैंकले प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै युवापुस्तालाई लक्षित गरेर नयाँ ‘ग्लोबल नेक्स्ट जेन एकाउन्ट’ सञ्चालनमा ल्याएको छ। अब बैंक खाता खोल्नका लागि बैंकका शाखा कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै बैंकले घरैबाट सहजै खाता खोल्न सकिने व्यवस्था मिलाएको हो।
नेपाल सरकारद्वारा जारी गरिएको नेशनल आइडी (राष्ट्रिय परिचयपत्र) वा राहदानी (पासपोर्ट) भएका जोकोही युवाले पनि बैंकमा नगईकनै आफ्नो मोबाइल वा कम्प्युटरको प्रयोग गरी सजिलै यो खाता खोल्न सक्नेछन्। खाता खोल्नका लागि अनलाइन आवेदन दिएलगत्तै ग्राहकको खाता तत्काल सक्रिय भई सञ्चालनमा आउने बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)