काठमाडौंमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने
nagariknews.nagariknetwork.com · Mon Jun 08 12:46:34 GMT 2026
यसै जेठको अन्त्यमा जुनियर र सिनियरमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता काठमाडौंमा हुने भएको छ ।
नेपाल स्केट्स तथा स्केट बोर्डिङ संघको आयोजनामा आगामी जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुन लागेको हो । हाँडीगाउँमा रहेको यमबुद्ध स्केटपार्कमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल स्केट्स तथा स्केट बोर्डिङ संघले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । उक्त प्रतियोगिताका लागि छनोट खेल पनि सञ्चालन भइसकेको छ । दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीले प्रतिस्पर्धा गर्ने संघका महासचिव शक्ती थापाले जानकारी दिए । पहिलो दिन प्रारम्भिक चरणको छनोट हुने र दोस्रो दिन भने उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)