पैसा र पहुँचको दुरुपयोग गर्ने उम्मेदवारका आकांक्षीलाई रास्वपाले तत्काल निष्कासन गर्ने
ratopati.com · Fri Aug 07 10:30:20 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचन छनोट प्रक्रियामा पैसाको प्रभाव र पहुँचको दुरुपयोग गरे त्यस्ता व्यक्तिलाई तत्काल पार्टीबाट निष्कासन गर्ने भएको छ । रास्वपाले सार्वजनिक गरेको ‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३’ पाँच बुँदे आचारसंहिता अन्तर्गत पैसा, पावर, पहुँच तथा कुनै किसिमको सौदाबाजीमा प्रतिबन्ध लगाएको हो । उम्मेदवारी प्राप्त गर्ने वा गराउने उद्देश्यले, मूल्याङ्कनलाई प्रभावित पार्ने गरी कुनै पनि प्रकारको आर्थिक लेनदेन, चन्दा, सहयोग, उपहार, सुविधा, प्रत्यक्ष वा परोक्ष प्रलोभन, वा अन्य भौतिक लाभ दिन–लिन पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ ।
रूपरेखामा भनिएको छ, ‘उम्मेदवार छनोट प्रक्रियामा पैसाको प्रभाव, पहुँचको दुरुपयोग वा सौदाबाजीले कुनै स्थान पाउने छैन। यस्तो आर्थिक चलखेल वा अनुचित लेनदेनमा संलग्न लिने र दिने दुवै पक्षलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी तत्काल निष्कासन गरिनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)