‘देशमा फाइभजीको चर्चा भइरहँदा कर्णालीमा फोनसम्म लाग्दैन, नियामक काठमाडौंमा मात्र अड्डा जमाएर बस्ने हो ?’
techpana.com · Fri Aug 07 10:30:33 GMT 2026

काठमाडौं । सांसद खडक बहादुर बुढाले कर्णाली प्रदेशमा प्रभावकारी दूरसञ्चार र इन्टरनेट सेवा नपुगेको भन्दै राज्यको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वमा फाइभजी प्रविधिको चर्चा भइरहँदा कर्णालीका बासिन्दा सामान्य टेलिफोन सुविधाबाट समेत वञ्चित हुनुपरेको गुनासो गरे ।
“विश्वमै सूचना प्रविधिको विकास र विस्तार तीव्र रूपमा भइरहेको वर्तमान सन्दर्भमा नेपालमा फाइभजी सुरु गर्ने चर्चा निकै सुनिन्छ । तर बिडम्बना भन्नुपर्छ, कर्णाली प्रदेशका धेरै ठाउँमा अहिले पनि न राम्रो टेलिफोन सुविधा पुगेको छ, न इन्टरनेट,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)