कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा देउवा सहभागी हुने कोइरालाको दाबी
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने दाबी कांग्रेस नेता डा. शशांक कोइरालाले गरेका छन् । शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोइरालाले आगामी साउन २९ देखि ३१ गतेसम्म आयोजना हुने इतर पक्षको राष्ट्रिय भेलामा देउवा सहभागी हुने दाबी गरेका हुन्।
साउन २६ गते पूर्वसभापति स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशङ्काहरूबारे बोल्दै उनले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिए। साथै आफू पूर्वसभापतिलाई भेट्न हङकङ नगएको समेत उनले सुनाए। जेनजी आन्दोलनपछि घाइते देउवा विदेश लागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)