संरचनागत परिवर्तनका लागि युवा आन्दोलन र अन्तरपुस्ता संवादमा जोड
baahrakhari.com · Fri Aug 07 10:33:57 GMT 2026

काठमाडौं । ईन्टर–जेनेरेसनल सिभिक फोरम (आईएफसी) को आयोजनामा शुक्रबार ललितपुरमा दक्षिण एशियामा लोकतान्त्रिक विकास, युवा आन्दोलन, प्रतिरोध र सामाजिक न्यायका विषयमा नागरिक समाजका नेता तथा युवा अभियान्ताहरूबीच अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौंका पत्रकार बालकृष्ण साहले सञ्चालन गरेको उक्त प्यानल छलफलमा बंगलादेशकी प्रख्यात मानवअधिकारकर्मी खुसी कबीर र नेपालकी मधेसी महिलावादी तथा युवा नेत्री अस्मिता साह प्रमुख वक्ताका थिए । राजनीतिक परिवर्तन पुस्तान्तरणको संघर्षबाट आकार लिने निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै छलफलमा दक्षिण एशियाभरिका युवाहरूले विरोध प्रदर्शन, डिजिटल आन्दोलन र धरातलीय संगठनमार्फत कसरी राजनीतिक सहभागितालाई नयाँ रूप दिइरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर विचार व्यक्त गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)