भारतको असममा बाढीमा परी कम्तीमा ९७ जनाको मृत्यु, थुप्रै गाउँ डुबायो
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
नयाँदिल्ली । भारतको उत्तरपूर्वी असम राज्यमा आएको भीषण बाढीमा परी कम्तीमा ९७ जनाको मृत्यु भएको छ । करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ । वर्षौंयताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ ।
बाढीका कारण हजारौँ मानिस घर छाडेर अस्थायी आश्रयस्थलमा जान बाध्य भएका छन् । सरकारी विवरणअनुसार बाढीको पानीले १४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली डुबाएको छ । यो क्षेत्रफल फ्रान्सको राजधानी पेरिसको क्षेत्रफलभन्दा करिब डेढ गुणा ठूलो हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)