असममा बाढी, ९७ जनाको मृत्यु
reportersnepal.com · Fri Aug 07 10:50:03 GMT 2026

नयाँदिल्ली, २२ साउन । भारतको उत्तरपूर्वी असम राज्यमा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ । वर्षौंयताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ ।
बाढीका कारण हजारौँ मानिस घर छाडेर अस्थायी आश्रयस्थलमा जान बाध्य भएका छन् । सरकारी विवरणअनुसार बाढीको पानीले १४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली डुबाएको छ । यो क्षेत्रफल फ्रान्सको राजधानी पेरिसको क्षेत्रफलभन्दा करिब डेढ गुणा ठूलो हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)