सत्तारुढ दलका सांसदद्वारा नै सरकारको आलोचना, रमेश प्रसाईंले भने- ‘मलाई साँच्चिकै लाज लागेको छ’
kendrabindu.com · Fri Aug 07 10:52:25 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यशैलीप्रति प्रतिनिधिसभामै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै ग्यास अभाव, सेवा प्रवाह र मल संकटजस्ता विषयमा सरकारको आलोचना गरेका हुन्।
शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद रमेश प्रसाईंले चुनावका बेला गरेका प्रतिबद्धता पूरा हुन नसक्दा आफूलाई लज्जाबोध भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)