नेपाल फिनटेक एक्स्पो २०२६ हुँदै, एआईदेखि डिजिटल पेमेन्टसम्मका प्रविधि प्रदर्शनीमा
ictsamachar.com

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (Fintech Alliance Nepal - FAN) ले नेपाल फिनटेक एक्स्पो २०२६ (दोस्रो संस्करण) आगामी असोज २३, २४ र २५, २०८३ (९,१० र ११ अक्टोबर २०२६) मा हेरिटेज गार्डेन, ललितपुरमा आयोजना गर्ने घोषणा गरेको छ ।
पहिलो संस्करणको उल्लेखनीय सफलतापछि आयोजना हुन लागेको यस वर्षको एक्स्पो अझ भव्य, व्यवस्थित तथा अन्तर्राष्ट्रिय सहभागितायुक्त हुने अपेक्षा गरिएको छ । पहिलो संस्करण दुई दिन सञ्चालन गरिएकोमा यस वर्ष एक्स्पो लगातार तीन दिन सञ्चालन हुनेछ, जसले सहभागीहरूलाई प्रदर्शनी अवलोकन, व्यावसायिक छलफल, Networking तथा ज्ञान आदान-प्रदानका लागि थप अवसर प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)