सुनकोशीमा हामफालेर बेपत्ता वृद्ध दम्पतीको खोजी जारी
annapurnapost.com · Fri Aug 07 10:54:16 GMT 2026

काठमाडौं : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर छ ।
बेपत्ता पराजुली दम्पती खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लगायत सुरक्षानिकायका प्रमुख आफै फिल्डमा खटिएका छन् । बुधबार साँझ करिब साढे ६ बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)