नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
khabarhub.com · Fri Aug 07 11:03:31 GMT 2026

कैलाली – नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका-८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट २ लाख ४० हजार रुपैयाँ असुली गरी ठगी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)