कोषमा प्राप्त सहयोग रकम प्रभावित पालिकाहरुमा पठाउन अर्थमन्त्रीको निर्देशन
annapurnapost.com · Mon Aug 31 11:59:02 GMT 2026

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई तत्काल बाढी प्रभावित पालिकाहरुमा पठाउने व्यवस्था गर्न निर्देशन दिएका छन्।
विनाशकारी बाढीपछिको पुनर्निर्माण, आधारभूत आवश्यकताको आपूर्तिलगायतका विषयमा सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममा मन्त्री वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई अनावश्यक प्रशासनिक प्रक्रियामा अल्झाएर समय खेर नफाली तत्काल पालिकाहरूमा पठाउन निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)