बाढीपीडितको राहतका लागि सिङ्गापुर बेभरेजेज नेपालद्वारा २० लाख सहयोग
news24nepal.tv · Mon Aug 31 12:00:29 GMT 2026

काठमाडौँ । सिङ्गापुर बेभरेजेज नेपाल प्रा.लि.ले रसुवा लगायतका जिल्लामा बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख सहयोग गर्ने निर्णय गरेको छ।
झापाको मेचीनगर-१४ मा रहेको उक्त कम्पनी र त्यसका सम्पूर्ण कर्मचारीहरूको संयुक्त योगदानमा सो रकम सहयोग गर्न लागिएको हो। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा संवेदना व्यक्त गर्दै घाइते र प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)