पोखरामा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय
nepalviews.com · Fri Aug 07 11:09:12 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीस्वरूप पोखरा एभेन्जर्सले श्रीलंकाका अनुभवी अलराउन्डर धनञ्जय लक्षणलाई पुनः टोलीमा अनुबन्ध गरेको छ ।
२७ वर्षीय लक्षणले एनपीएल सिजन–२ मा पोखराका लागि उत्कृष्ट प्रदर्शन गर्दै ब्याट र बल दुवैबाट महत्वपूर्ण योगदान दिएका थिए । बायाँ हाते ब्याट्सम्यान तथा दायाँहाते मिडियम फास्ट बलर लक्षणले श्रीलंकाबाट ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् भने टी–२० क्रिकेटमा ७० खेलमा ४८ विकेट लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)