कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो
reportersnepal.com · Fri Aug 07 11:06:27 GMT 2026

किन्शासा (कङ्गो), २२ साउन । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सङ्क्रमण पुष्टि भएका इबोला केसहरूको सङ्ख्या चार हजार ५३ जना पुगेको जनाइएको छ । तीमध्ये एक हजार ८५० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूले भाइरसको अभूतपूर्व प्रकोपका बारेमा अनुसन्धान गरिरहेको जनाएका छन् ।
बुन्डिबुग्यो इबोला भाइरसको कारणले भएको यो प्रकोप विश्वव्यापी रूपमा रेकर्ड गरिएको दोस्रो सबैभन्दा ठूलो इबोला प्रकोप भएको जनाइएको छ भने सन् १९७६ मा देशमा पहिलो पटक भाइरस पहिचान भएदेखि कङ्गोमा सबैभन्दा ठूलो सङ्कट निम्त्याएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)