गण्डकीमा गाँजा खेतीलाई कानुनी आधार
nepalnews.com · Fri Aug 07 11:14:57 GMT 2026

पोखरा। गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी आधार दिने ऐन अन्ततः प्रमाणीकरण भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट दोस्रोपटक पारित भएर आएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती (नियमन र उपयोग) ऐन’ १८ साउनमा प्रमाणीकरण गरेका हुन्।
ऐन प्रमाणीकरण भएलगत्तै गाँजा खेती गर्न पाइने भने होइन। प्रदेश सरकारले नियमावली र आवश्यक मापदण्ड बनाएर क्षेत्र निर्धारण तथा अनुमति प्रणाली लागु गरेपछि मात्रै खेती, प्रशोधन र अन्य व्यावसायिक प्रक्रिया अघि बढ्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)