करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद
khabarhub.com · Fri Aug 07 11:06:26 GMT 2026

खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ३ सय १५ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको प्र.१-०२-००२ ख ००८३ नम्बरको ट्रकलाई जाँच गर्दा चालक बस्ने भाग र पछाडी ढालाको बिचको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)