अन्तर्राष्ट्रिय बुद्धिचालमा पुरुषोत्तमको उत्कृष्ट प्रदर्शन
gorkhapatraonline.com · Mon Jun 08 12:54:44 GMT 2026
भारतको गुजरातमा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका युवा खेलाडी पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । स्वीस लिग प्रणाली अनुसार नवौँ चरणसम्म भएको खेलमा उहाँले ६ अङ्क जोड्नुभयो ।
पहिलो चरणको खेलमा २०३४ रेटेड खेलाडी पुरुषोत्तमले ४४४ रेटेड माथिका रसियाका २४७८ रेटेड जिएम बोरिस साभचेन्कोलाई हराउनुभएको थियो । त्यसपछि उहाँले दोस्रो चरणको खेलमा भारतका २२८१ रेटेड खेलाडी सिद्धान्त गवाइसँग र चौथो चरणको खेलमा इजरायलका २४८७ रेटेड आइएम गे लेभिनसँग हार खेप्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)