अभिषेक गिरीद्वारा पेट्रोल पम्प कब्जा : जेलबाटै ‘डिल’, दिदीको नाममा पास
annapurnapost.com · Fri Aug 07 11:15:27 GMT 2026

विराटनगर : आपराधिक पृष्ठभूमिका अभिषेक गिरीले मोरङका व्यवसायीलाई डर, त्रास र प्रभावमा पारेर करिब चार करोड रुपैयाँ मूल्यको पेट्रोल पम्प, जग्गा र त्यसमा बनेका संरचना कब्जा गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । जेलभित्रबाटै ‘डिल’ गरेर पेट्रोल पम्पसहित जग्गा र संरचना कब्जा गरी आफ्नी दिदीको नाममा पास गराउन उनी सफल भएको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
यस प्रकरणमा अभिषेक र उनकी दिदी अर्पणा तुलाधर गिरी अनुसन्धानको दायरामा परेका छन् । मोरङको साविक बबियाबिर्ता गाविस–७ हाल रंगेली नगरपालिका–१ का ४७ वर्षीय दिलिपकुमार चौधरीले जिल्ला प्रहरी कार्यालय मोरङमा दिएको किटानी जाहेरीका आधारमा अभिषेक र उनकी दिदीविरुद्ध आपराधिक विश्वासघात एवं ठगी कसुरमा मोरङ प्रहरीले अदालतबाट शुक्रबार म्याद थप गर्दै विस्तृत अनुसन्धान अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)