सुरक्षाका लागि देशभर ९७० ठाउँमा प्रहरी युनिट माग
ratopati.com · Fri Aug 07 11:35:50 GMT 2026

काठमाडौँ । सुरक्षाका लागि देशभर स्थानीयले नयाँ प्रहरी युनिट स्थापनाको माग गरेका छन् । देशभर ९७० ठाउँमा प्रहरी युनिटको माग भएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले जानकारी दिए । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘माग भएका युनिट स्थापना गर्न हामीलाई १७ हजार १ सय जनशक्ति आवश्यक पर्छ ।’
प्रहरीले देशभर ७५१ ठाउँमा अस्थायी प्रहरी पोस्ट र ६०६ ठाउँमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरेको छ । सञ्चालनमा रहेका ४६१ युनिटको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको डीआईजी काफ्लेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)