गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
ratopati.com · Fri Aug 07 12:00:59 GMT 2026

काठमाडौँ । नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बिच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबिच भएको बैठकमा आगामी चार वर्षको खोप सहयोग, सह–वित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल भएको हो ।
बैठकमा गाभीले आगामी अवधिका लागि नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ । प्रस्तावित सहयोगअन्तर्गत नेपालले भने १ करोड ७१ लाख अमेरिकी डलर सह–वित्तीय लगानी गर्नुपर्ने विषयमा पनि छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)