गोल्डेनगेट र निम्स उपाधिनजिक
neplays.com · Fri Aug 07 12:04:00 GMT 2026
काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र निम्स प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
गोल्डेनगेटले एलआरआईलाई ३७–३१ ले पराजित गर्यो । गोल्डेनगेटको जितमा एन्जल गुप्ताले १० अंक योगदान गरिन् । निलिमा कोइरालाको ११ अंक सहयोगमा निम्सले जेभियर ‘बी’ लाई ३८–३७ को साँघुरोअन्तरले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)